
काठमाडौं, ३ माघ । नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा मरेको छ । गत वर्ष नेपाले चीनलाई दुई भाले र दुई पोथी गरी चारवटा गैँडा उपहार स्वरुप दिइएको थियो ।
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार ‘सोल्टी’ चीनको सांघाई पार्कमा मरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले केही दिनअघि ‘सोल्टी’ मरेको पुष्टि गर्नुभयो ।
चीनले नेपाललाई जानकारी गराए अनुसार पेटको समस्याले गर्दो ‘सोल्टी’ मरेको हो ।
सरकारले २०७५ भदौ पहिलो साता नेपाल–चीनमैत्रीको प्रतिकका रूपमा ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको छ । ‘सोल्टी’ र ‘मितिनी’ लाई सांघाई पार्कमा राखिएको थियो ।
एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् ।











प्रतिक्रिया