४ कार्तिक २०८३, बुधबार

अदालतलाई ठाडो चुनौती

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै संविधान र अदालतलाई चुनौती दिएका छन्।

संविधान, कानून र स्थापित मूल्य र मान्यतालाई चुनौती दिँदै दाहालले ज्यान मुद्दामा अदालतले जन्मकैद सजाय तोकेका रेशमलाल चौधरीलाई कैदबाट छुटाउने ठोकुवा गरेका हुन्।

संविधान र कानुन अनुसार अदालतमा विचाराधीन मुद्दामा कसैले पनि सार्वजनिक टिप्पणी गर्नु आपत्तिजनक मानिन्छ। त्यसमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएका चौधरीो मुद्दा अहिले उच्च अदालत दीपायलमा विचाराधीन छ।

तर, सत्ताधारी पार्टीकै अध्यक्षले माघीको अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा निकै गर्वका साथ चौधरीलगायतलाई छिट्टै जेलबाट छुटाउने वाचा गरे।

टीकापुर घटनाका मुख्य दोषी चौधरी कानुन अनुसार जेलमा छन्। सुरु अदालतले दोषी करार गरेका व्यक्तिलाई थुनाबाट छुटाउन दाहालले छाती फुलाउँदै गरेको भाषणले नेपालमा दण्डहीनताको अवस्था अझै मौलाउने अनुमान गर्न थालिएको छ।

त्यतिमात्र होइन दाहालले आफू प्रधानमन्त्री हुँदाताका भारतको नयाँ दिल्लीमा रेशमलाई भेटेकोमा पनि निकै गर्व गरे। टीकापुर घटनापछि आफू चौधरीकै पक्षमा रहेको दाबी गर्दै दाहालले प्रधानमन्त्री हुँदा उनलाई भेटेको स्मरण गरे।

टाउकोमा सेतो फेटा बाँधेका दाहालले टुँडिखेलमा भने, ‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले (दोस्रोचोटी प्रधानमन्त्री हुँदा) भारतको दिल्लीमा खुलेआम भेटेर कुरा के–के हो, तपाईको कुरा राख्नुस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने तपाईहरुले नर्बिस्नुहोला।’ दाहाल (प्रचण्ड) ले यसरी चौधरीका पक्षमा उत्तेजित भाषण गर्दा समर्थकले ताली बजाएका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।