
काठमाडौँ, २ माघ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले गल्ती भएको भए प्रहरी तथा जो कोहीलाई पनि कारवाही हुने बताएका छन् ।
डीआईजी पोखरेलले भने, विमानस्थलको सीसीटीभी फुटेज हेर्दा प्रारम्भिक रुपमा प्रहरीबाट कुनै गल्ती नभएको पाइएको बताएका छन् ।
गायिका आस्था राउतले आफूमाथि विमानस्थलमा महिला प्रहरीद्धारा दुर्व्यवहार भएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले भिडियोमार्फत आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी थिइन् ।
वुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप थियो ।
तर, अनुसन्धानका क्रममा प्रहरीबाट कुनै गल्ती नभएको सीसीटीभी फुटेजमार्फत पुष्टि भएको डीआईजी पोखरेलले दाबी गरे ।
डीआईजी पोखरलले अरुलाई सभ्यता सिकाउने एउटा सेलिब्रेटीले प्रयोग गरेको अमर्यादित शब्दले प्रहरी संगठनकै बदनाम गरेको र दुखी बनाएको पनि बताए ।
त्यस्तै, उनले यदि अनुसन्धानमा प्रहरी देखिए वा आस्था राउतकै गल्ती देखिएमा कारवाही गरिने बताए ।















प्रतिक्रिया