११ कार्तिक २०८३, बुधबार

त्रिभुवन विमानस्थलमा साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रद्द, आन्तारिक सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport

काठमाडौँ, २० फागुन । टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज साँझ ५ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

विमानस्थलले आजको आन्तरिक उडान केही समयअघि सुरु गरिएको छ । विमानस्थलस्थित नागरिक उड््डयन कार्यालयका प्रबन्धक पूर्ण चुडालका अनुसार सुरक्षाका दृष्टिकोणले विमानस्थलको धावन मार्ग अवरोध भएका कारण उडान रद्द गर्नु परेको हो ।

उडान रद्द गरेपछि विभिन्न देशमा जान विमानस्थल पुगेका यात्रु फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका २७ वटा विमान काम्पनीले आफ्ना यात्रुलाई होटल फर्काएका छन् ।

टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ को विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ (दक्षिणतर्फबाट) अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार वायुयानको बायाँपट्टि घाँस क्षेत्रमा गई एक हजार मिटर सिधा उत्तरतर्फ गुड्दै धावनमार्ग र ट्याक्सी वे को बीच क्षेत्रमा विमान रोकिएको छ ।

दुर्घटनालगत्तै विमानस्थलस्थित उद्धार तथा अग्नि निवारक सेवाद्वारा वायुयानमा कुनै पनि प्रकारको आगजनी हुनबाट रोकिएको कार्यालय प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कार्यालयले उक्त घटनामा परी कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।

दुर्घटना भएको विमानमा सवार यात्रुले आफूहरुलाई विमानचालक महान् भएकाले आफूहरु सकुशल रहेको बताएका छन् । अत्यन्त हतास अवस्था देखिएका यात्रुले भाग्यले बाँचिएको उल्लेख गरेका छन् । उनीहरुले आफ्ना आफन्तसँग खुसी साटासाट गरेका छन् भने विमान दुर्घटना हुँदा पनि आफूहरु सकुशल रहेको आफ्नो देश तथा आफन्तसमक्ष पु¥याएका छन् ।

उता आजको उडानका लागि तयार भएर विमानस्थल पुगेका यात्रुले भने आजको उडान रद्द हुँदा अन्योलमा परेका छन् । जापान जाने तयारीका साथ विमानस्थल पुगेका काठमाडौँका शशी थापाले सबै सामग्री लिएर विमानस्थल आएको तर उडान नहुँदा अन्योल भएको बताउनुभयो ।

त्यसैगरी कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य आत्रु अन्योलमा परेको उल्लेख गर्नुभयो ।

विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको थियो । दुर्घटनामा परी चार यात्रु सामान्य घाइते भएका छन् भने अरू सबै सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रबन्धक चुडालले जानकारी दिनुभयो । रासस