९ मंसिर २०८३, बुधबार

पहाडी भेगमा हिमपात हुने, शनिबारदेखि माैसममा सुधार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ माघ । देशका विभिन्न ठाउँमा आज  पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले काठमाण्डाैसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले जानकारी दिएका छन् । बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्नेछ । तर लगातार झरीको सम्भावना भने छैन ।

आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ ।