
काठमाडौं, २ माघ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ रहेको छ ।
बिक्रम संबत १९९० साल माघ २ गते गएको् विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
१९९० सालपछि २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको अर्को महाभूकम्पमा करिब ९ हजार मानिसको मृत्यु भएको थियो ।











प्रतिक्रिया