९ मंसिर २०८३, बुधबार

बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ ।  बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको निधन भएको छ । लण्डनमा बस्दै आएका ६८ वर्षीय शर्माको मंगलबार आफ्नै निवास हृदयघातका कारण निधन भएको हो ।

भोजपुरको दिङलामा स्थायी घर भएका शर्मा सन २००७ देखि २००९ सम्म राजदुर भएर काम गरेका थिए । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।

पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।