४ कार्तिक २०८३, बुधबार

नायिकालाई दुर्व्यवहार गर्नेलाई तीन वर्ष जेल सजाय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ, २ माघ । बलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ ।

सन् २०१७ मा अभिनेत्री वासिमले आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताएकी थिइन् ।

सो घटना भइरहँदा अभिनेत्री वासिम १७ वर्षीकी मात्र भएकीले पीडक सचदेवलाई बालबालिका संरक्षण कानुनमा दोषी ठहर गरिएको हो ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नयाँ दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा ४१ वर्षीय सचदेवले शारीरिक दुर्व्यवहार गरेको लाइभ गरेकी थिइन् ।

विस्तारा एयरलाइन्सले सो व्यक्तिबारे जानकारी गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।