४ कार्तिक २०८३, बुधबार

गायिका कोमल ओली ताक्ने गायकद्वय नरेश–मेक्सम

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ गायिका कोमल ओली र युवा पुस्ताका गायक मेक्सम खातीको स्वरमा नयाँ लोकदोहोरी गीत रिलिज भएको छ । नरेश खातीको संगीतमा रहेको ‘लौन कोमल ओली…’को बोलको गीत रिलिज भएको हो ।

दोहोरी गीतमा ओली र खातीको स्वरमा ठट्यौली पारामा गीत बनाइएको छ । गीतको शब्द नरेश खाती आफैले लेखेका हुन् ।

म्युजिक भिडियामा गायिका ओलीसँगै मेक्सम खाती र नरेश खातीले पनि अभिनय गरेका छन् । गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ ।

गीतमा कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक मेक्सम खातीकै अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ ।