४ कार्तिक २०८३, बुधबार

छाडा गाईवस्तुको संरक्षण गरिदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फको धावनमार्गको ठूलो सावर्जनिक चौर सधैँजसो बिहान व्यस्त रहन्छ। यहाँ मानिसहरू मर्निङवाकसँगै फुटबल, ब्याडमिन्टनमा रमाइरहेका हुन्छन्।

त्यही छेउको एक कुनामा भने केही व्यक्ति छाडा छाडिएका पशु–चौपायाको हेरचाहमा तल्लिन छन्। कोही बाच्छाहरूको लागि तातो कुँडो पकाउँदै, कोही भुसा लगायत आहाराको व्यवस्था गर्दै छन् भने कोही गोठभित्रको भकारो सोहोर्दैै।

बाग्मती सफाइ अभियन्ता, छाच्डा गाई बाच्छा अभियन्ता तथा मानव अधिकार शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी लगायतको टोलीले काठमाडौंमा गाईपालकहरूले बूढो वा थारा (नब्याउने) गाई र बाच्छाहरूको स्याहार गरेका हुन्। उनका अनुसार, पशुबाट उत्पादन र आम्दानी लिन सकिने समयसम्म पाल्ने र त्यसपछि सडकमा छाडिदिने परिपाटीका कारण यहाँका सडकमा बेवारिसे चौपायाको संख्या बढिरहेको छ।

गाईबाच्छा संरक्षणमा हाम्रो टिम लागि परेको छ, निरन्तर बाग्मती सफाइ गर्दै जाँदा बाग्मतिको किनारामा यत्रतत्र लडेका र सडक दुर्घटनामा परेका गाईबाच्छाहरूलाई ६ बर्षको अबधिमा हामीले चौधसय भन्दा बढि गाईबाच्छाहरूको मलामी बन्नु परेको कठोर अनुभव छ, सुनाए।

कुकुरको टोकाइबाट सडक दुर्घटनाबाट बस्ने ओत नभएर हामीले यो आवासगृह बनाएका हौं। हामीले बारम्बार सम्बन्धीत निकायलाई घच्घच्याएका छौं, राष्ट्रियता भनेको झण्डामा मात्रै हुदैन्। राष्ट्रियता भनेको राष्ट्रिय जनावरमा हुन्छ, राष्ट्रिय पन्छीमा हुन्छ। हामीमा राष्ट्रभाव खैत भन्ने सन्दर्भमा बारम्बार प्रधानमन्त्रीको कार्यालय सम्म पनि यि राष्ट्रिय जनावरहरूमाथिको अन्याय अन्त्य गरियोस्,भनि पत्राचार गरेको कुरा सुनाए।

स्थानीय स्तरमा यो काम ले समस्या होइन राम्रो गरेका छ। बाटामा जथावाभी छोडिएका बाच्छा बाच्छीहरूलाई सडकमा गाडीले हानेर मार्ने तथा घाइते बनाउने। कुकुरहरूको टोकाइबाट मर्ने तथा घाइते भएर बाच्छाहरूको बिजोक देखिने समस्याबाट मानिसहरूलाई धेरै हदसम्म राम्रो भएको छ। छाडा गाई बाच्छाको संरक्षणबाट त्यस क्षेत्रमा कुनै पनि क्षति र नराम्रो नभएको स्थानीय जयराम पुडासैनी बताउछन्।

वागमती अभियन्ता तथा गाई बाच्छा अभियन्ता ईश्वर पुडासैनीका अनुसार, यहाँ गाई बाच्छाहरू पाल्नले त्रिभुवन विमानस्थललाई कुनै समस्या र असर गरेको छैन। कुनै गाई बाच्छा मरेमा खाल्डो खनेर राम्रोसँग गाड्ने गरेको बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।