झापा, २० फागुन । विद्यालयबाट घर फर्कने क्रममा मङ्गलबार अपराह्न विद्यार्थीलाई मोटरसाइकलले ठक्कर दिएर सख्त घाइते बनाएपछि उनका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम महेन्द्र राजमार्गको सतासीधाम सडकखण्ड आज बिहानदेखि अवरुद्ध पारेका छन् ।
झापाको शिवसताक्षी नगरपालिकामा रहेको राष्ट्रिय आदर्श रमणीय उच्चमाध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत शिवसताक्षी नगरपालिका–७ निवासी १० वर्षीय विद्यार्थी प्रकाश थापालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएपछि उनका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका हुन् ।
ठक्कर दिने मोटरसाइकलका चालकलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्ने, घाइते बालकको औषधि उपचार गरिनुपर्नेलगायत माग राखी राजमार्ग अवरुद्ध पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारी चल्न नसक्दा यात्रुबीच बाटैमा अलपत्र परेका छन् ।















प्रतिक्रिया