मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

रामचन्द्र पौडेल सुटुक्क दिल्ली उडे

दैनिक नेपाल २०७६ पुष २९ गते ८:१०

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध गुटबन्दी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल अचानक भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

उपचार गराउने बहानामा नयाँदिल्ली गएका पौडेलको भ्रमणको उदेश्यका विषयमा केही भनिएको छैन । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले रक्तचापमा समस्या भएपछि उपचार गराउन नयाँदिल्ली गएको बताए ।

उनले भारतीय नेताहरूसँग वरिष्ठ नेता पौडेलको भेटवार्तालाई अस्वीकार गर्न भने सकेनन् । नेता पाैडेल साेमबार नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

सभापति देउवाविरुद्ध असन्तुष्ट नेताहरूलाई एकै ठाउँमा ल्याएर गुटको भेला र बैठक गर्दै आएका नेता पौडेल अचानक नयाँदिल्ली जानुको विषयलाई धेरैले बुझेका छैनन् ।

नेपालमा पनि हरेक रोगको उपचार सम्भव छ । उचार नै गराउन भारत जानुपर्ने हुँदैन । कांग्रेसभित्र घरझगडा भएका बेला पौडेल नयाँदिल्ली जानुका विषयमा नेताहरूनै अचम्ममा परेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाविधेशनको माग गर्दै आएका पौडेलले महाधिवेशनको कार्यतालिका आउँदा पनि सन्तोष मानेका छैनन् । उनले केन्द्रीय कार्यसमितिको बैठक समेत बहिस्कार गरेका छन् ।

१४औँ महाधिवेशन तोकिएको एक वर्षभित्र गर्ने हो भने कांग्रेसको विधानको केही प्रावधानहरू निलम्बन गर्नै पर्छ । यो विषय जान्दाजान्दै पौडेल समूहले देउवाको बद्नाम गर्ने र असहयोग गरेर असफल बनाइ महाधिवेशनमा जान चाहेको आरोप लाग्न लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित