शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

हतियारसहित विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

दैनिक नेपाल २०७६ पुष २८ गते १३:१९

काठमाडाैं, २८ पुस ।    प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटा हतियारसहित पक्राउ परेका छन्।

सापकोटालाई बेनी नगरपालिका–२ स्यानालेक स्थित घरबाट आइतबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सापकोटाको साथबाट प्रहरीले हतियारसमेत बरामद गरेको छ ।

सापकोटाको साथबाट ३०३ भि ८९४० नम्बरको राइफल १ नाल, सोको सात राउण्ड म्याग्जीनमा भरिएको गोली बरामद भएको हो।

यस्तै लोड गरी राखेको एक नाले भरुवा बन्दुक, तीन डब्बा बारुदको छर्रा, तीन थान रसिद र १५ थान दस्तावेज बरामद भएको छ । सापकोटामाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित