मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिलीप हत्या आरोपमा पक्राउ परेकाको अनुसन्धानका लागि पाँच दिन म्याद थप

दैनिक नेपाल २०७६ पुष २८ गते १०:०८

धनुषा, २८ पुस ।  धनुषाको औरही खोलाको अवैध उत्खनन रोक्न गएका स्थानिय दिलीप महतोको हत्या आरोपमा पक्राउ परेका चार जनामाथि पाँच दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

खाेलामा अवैेध उत्खनन भइरहेको सूचनाका आधारमा रोक्न गएका २४ वर्षीय महतोको शुक्रबार विहान हत्या भएको थियो ।

हत्या आरोपमा पक्राउ पर्नेमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव छन् ।

दिलीपलाई रडले घोचेर घाइते बनाएपछि उनिमाथि टिपर चलाइएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित