९ मंसिर २०८३, बुधबार

प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस ।   आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गतेसम्मलाई स्थागित गरिएको हो । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो।

बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेपनि तुम्बाहाम्फेले राजीनामा नदिँदा संसद बन्धक बनेको छ ।