२ कार्तिक २०८३, सोमबार

काठमाडौँमा टर्किस एयरलाइन्सको जहाज दुर्घटना, २४८ यात्रुको सकुशल उद्दार (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turki-ko-Biman

काठमाडौं, २० फागुन । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको छ । इस्तानबुलबाट आज बिहान यात्रु लिएर आएको टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएर दुर्घटना भएको थियो ।

Turkis Air

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख वीरेन्द्रबाबु श्रेष्ठका अनुसार, विमान अबतरणका क्रममा रन वेमा चिलिप्लएको हो । विमानमा २ सय ४८ यात्रु थिए । यात्रुको तत्काल सकुशल उद्दार गरिएको थियो । दुर्घटनामा विमानमा क्षति भएपनि विमानमा सवार २ सय ४८ यात्रु सबै सकुशल छन् ।

Turkis 3

मौसमको खरावीका कारण टर्किस एयरलाइन्सको विमान रन वेमा चिप्लिएको जनाइएको छ । पटकपटक अवतरणको प्रयास गरेपनि असफल भएपछि दोस्रोपटक अवतरण गर्ने क्रममा जहाज रनवे बाट चिप्लिएको हो ।

Turkis 1