मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मर्निङवाक गएका महतोको टिपरले किचेर हत्या

दैनिक नेपाल २०७६ पुष २५ गते ९:२२

जनकपुरधाम, २५ पुस  । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ । बिहान करिब ५ बजे मर्निङवाक गएको बेला टिपरले किचेर उनको हत्या गरिएको हो ।

उनी छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएका थिए । त्यसैबेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो ।

महतो अवैध ढंगले हुने खोला उत्खननको विरोधी थिए । उनी भारतमा इन्जिनियरिङ पढ्दै थिए । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

घटना पश्चात् टिपर चालक फरार छन् । अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित