
काठमाडौँ, २४ पुस । उर्जा मन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन् । मन्त्री पुन नवीकरणीय उर्जासम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहान यूएई प्रस्थान गरेका हुन् ।
पाँच सदस्यीय नेपाली टोलीको नेतृत्व गरेर मन्त्री पुन यूएई तर्फ गएका हुन् ।
मन्त्री पुनले आउँदो शनिबार र आइतबार सम्मेलनका दुईवटा सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबारदेखि सुरु हुने सम्मेलन चार दिनसम्म चल्ने छ । सम्मेलनमा विश्वका १ सय २० देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा नवीकरणीय उर्जा र त्यसको सम्भाव्यता तथा लगानीका सम्बन्धमा छलफल हुनेछ । यूएई बसाईको क्रममा मन्त्री पुनले यूएई र भुटानका समकक्षीसँग भेट गर्ने जनाइएको छ ।











प्रतिक्रिया