२ कार्तिक २०८३, सोमबार

डोटीमा चट्याङ खस्दा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिपायल, २० फागुन । डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।

लगातारको अविरल वर्षासँगै सोमबार खसेको चट्याङ लागि वासुदेवी गाविस–२ देउकाँडाका १८ वर्षीय रमेश बमको मृत्यु भएको हो ।

मृतक बम वासुदेव माध्यमिक विद्यालय वासुदेवीमा कक्षा ९ का विद्यार्थी हुन् ।

घर नजिकै चट्याङ लाग्दा उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।