
काठमाडौँ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश ३ को राजधानी र नामाकरण आफ्नै हिसाबले निर्णय गरेपछि अहिले उक्त विषय विवादित बनेको छ ।
प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यहि विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर ३ को संसदीय दलको बैठक हेटौंडामा शुरु भएको छ ।
प्रदेशको नाम र राजधानीका विषयमा संसदीय दलको बैठकमा छलफल हुने छ ।
नेपाल कम्युनिष्ट पार्टीले नाम र राजधानी तोकेपछि नेकपाकै कतिपय नेताहरुले यसको विरोध गरिरहेका छन् ।











प्रतिक्रिया