२९ आश्विन २०८३, बिहिबार

नायिकाका फ्यान धेरै हुनेनै भए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jacqueline-fernandezमुम्बई । सोशल मिडिया वेबसाइट इंस्टाग्राममा धेरै फ्यान हुने अभिनेत्रीहरुमा ज्याकलीन फर्नाडिज पनि थपिएकी छन् ।

इंस्टाग्राममार्फत सधैं आफ्ना हट तस्बिर सार्वजनिक गर्ने यी अभिनेत्रीलाई फलो गर्ने फ्यानको संख्या दश लाख पुगेको छ । ट्वीटरमा भने उनका १७.४ लाख फलोअर्स पुगेका छन् ।

२९ वर्षीया श्रीलंकान मुलकी ज्याकलीन हरेक समय इंस्टाग्राममा सक्रिय रहने अभिने त्री हुन् । धेरै समय यो साइटमार्फत उनले तस्बिर सार्वजनिक गर्ने गरेकी छन् ।

आफ्नो साइटमा दश लाख फ्यान पुगेको उपलक्षयमा उनले खुसी ब्यक्त गर्दै केही नयाँ तस्बिर शेयर गरेकी छन् ।

केही पहिले बिना मेकअफ चलचित्र ‘ब्रदर्स’ अभिनयमा देखिएकी उनी अभिनयमा ग्ल्यामर छवि बनाएकी छन् । ‘ब्रदर्स’मा रियल ग्ल्यामर रहने उनले बताउदै आएकी छन् ।

‘चलचित्रमा मेरा धेरै खालको भूमिका छ’, जैकलीनले भनिन्, ‘केही भूमिका मैलेबिना मेकअफ अभिनय गर्दा सुहाउछ ।’ रिलमा पनि रियल अभिनय देखाउन आफूले मेकअफ बिना केही भूमिका निर्बाह गरेको उनले खुलाइन् ।

चलचित्रमा अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र ज्याकी श्रापलगायतका कलाकारको मुख्य भूमिका छ ।

केही पहिले साजित नाडियाडवालको चलचित्र ‘किक’मा सलमान खानकासाथ देखिएकी यी सुन्दरी सन् २००९मा सुजाय घोषद्वरा निर्मित चलचित्र ‘आलदीन’बाट बलिउड करियर सुरु गरेकी हुन् ।

त्यसयता उनले साजिद खान, मोहित सुरी, अब्बास मस्तान जस्ता निर्देशसँग काम गरिसकेकी छन् ।