काठमाडौं, २० फागुन । अख्तियार निर्देशनमा लगाइएको झुठा मुद्दा खारेज र मुद्दा लगाउने अधिकारीलाई निलम्बन गरी कारबाही माग गर्दै पत्रकारहरुले आन्दोलन थालेका छन् ।
प्रेस चौतारी नेपाल बाँके शाखाको अगुवाईमा आन्दोलन थालिएको हो । त्यसमा अन्य पेशागत संघठनहरुको पनि ऐक्यबद्धता रहेको छ ।
पत्रकार, अधिकारकर्मी, कानुन व्यवसायी लगायतले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको कान्तिपुर दैनिकले छापेको छ ।
दुई जना पत्रकारलाई लगाइएको झुठा मुद्दा निसर्त खारेज गरेर त्यस्तो मुद्दा लगाउने अधिकारीमाथि कारबाही माग गरिएको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले मंगलबारनै बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकलाई ज्ञापनपत्र दिएको छ ।
‘यो दुईजना पत्रकार माथिको मुद्दा मात्र होइन, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी षडयन्त्र हो’, ज्ञापनपत्र दिँदै अर्यालले भने, ‘तत्काल मुद्दा खारेज नगरिए देशव्यापी आन्दोलन घोषणा गर्नेछौं ।’
‘फुटेज’ उपलब्ध नगराएको भन्दै सगरमाथा टेलिभिजनका समाचारदाता समेत रहेका पत्रकार महासंघ बाँके शाखा सचिव तिलक गाउले र माउन्टेन टेलिभिजनका समाचारदाता क्षेत्रनाथ देवकोटा (आकाश) माथि केही सार्बजनिक ऐन सम्बन्धि मुद्दा लगाइएको छ ।















प्रतिक्रिया