काठमाडौं । गायक वसन्त थापाको लोकपप गीत ‘उकाली’ सार्वजनिक भएको छ ।
सम्भोज मल्लको शब्द, संगीत रहेको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा मोडल सुनिल क्षत्री, वसन्त थापा, दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर सुनिल क्षत्रीले गरेका हुन् ।
गायक थापाकै निर्देशन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।
पछिल्लो समयमा वसन्त थापाको ‘उहि खोलीमा पानी‘’ , ‘सालको पात‘.’, ‘लोभी आँखा’, ‘बोकेझार’ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल छन् ।















प्रतिक्रिया