
काठमाडौं, २१ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काभ्रेमा ९५० रोपनी जग्गा कब्जा गरेको खुलेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका ९ मा रहेको ९ सय ५० रोपनी जग्गा विप्लवले कब्जा गरेको हो ।
विप्लव माओवादीले कब्जा गरेको उक्त जग्गा पिछडिएका दनुवार समुदायको भएको र सरकारीकरणको नाममा समुदायको जग्गा हडपेकाले जग्गा दनुवार समुदायलाई फिर्ता नगरुञ्जेल कब्जा गर्ने बताएको छ ।
विगतमा दनुवार समुदायका विभिन्न व्यक्तिका नाममा रहेको र पुर्जाको प्रमाणपत्र रहेको जग्गा, खोलाको बगरको बहनामा जबर्जस्ती सरकारीकरण गरिएको भन्दै ब्यानर टाँगी कब्जाको घोषणा गरेको जनाएको छ । उक्त जग्गा दनुवार समुदायको भएको यथेष्ट प्रमाण रहेकोले जग्गा फिर्ता गर्नुपर्ने अडान विप्लवको रहेको छ ।
आर्थिक लेनदेनको आधारमा स्थानिय प्रशासन, प्रहरीसमेतको मिलेमतोमा उक्त जग्गा खोसिएको भन्दै विप्लवले दनुवार जातिले पहिला किपट पाएको र वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा २०७१ पुस २१ गतेको उत्प्रेषण आदेश र २०७१ कार्तिक २ को अदुअ आयोगको दोहोरो स्रेस्ता खारेज गर्ने निर्णयपश्चात् पनि जग्गा धनी लालपुर्जाको माग राखी पटकपटक आन्दोलन गर्दासमेत न्याय नपाएकाले कब्जा गर्नुपरेको बताएको छ ।











प्रतिक्रिया