
कैलाली, २१ पुस । कैलाली प्रहरीले लागुऔषध कारोवारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक युवतीसमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुको साथबाट तीन ग्राम ती सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
पाँचैजनाविरुद्ध लागूऔषधको मुद्दा दर्ता गरी अनुसन्धान सुरु भइरहेको जनाएको छ ।











प्रतिक्रिया