काठमाडौं । बलिउड स्टार दीपिका पादुकोण आज, जनवरी ५ बाट ३४ वर्ष पुगेकी छिन् ।
सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपनहेगनमा जन्मिएकी दीपिका राष्ट्रिय ब्याडमिन्टन खेलाडी पनि थिइन् । उनी राष्ट्रिय ब्याडमिन्टन खेलाडीकी छोरी हुन् ।
सन् २००६ मा प्रदर्शनमा आएको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी दीपिकाले दक्षिण भारतीय फिल्म ‘ऐश्वर्य’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
ओम शान्ति ओम अघि उनलाई ह्याप्पी न्यु इयरको अफर थियो । तर उनले फिल्म ‘ओम शान्ति ओम’का लागि निर्देशक फराह खानसँग सम्झौता गरिन् ।
दीपिका एक कुशल ब्याडमिन्टन प्लेयर भएर पनि अभिनयमा कसरी लागिन् । उनले अभिनेत्री बन्ने सपना देखेकी थिइनन् । अनि उनले मोडलिङमा हात हालिन् र अभिनयको माहोल बन्दै गयो ।
दीपिकाले त्यो समयमा गरेको निर्णय आज आएर सुखद साबित भएको छ । हाल उनी बलिउड उद्योगकै एक उत्कृष्ट र सफल अनि चर्चित अभिनेत्रीका रूपमा स्थापित छिन् । कयौं पटक उनले फिल्म फेयर अवार्ड जितेकी छन् ।
यसै क्रममा उनले आफ्नो ३४औं जन्मदिन पनि लखनउमा एसिड आक्रमण पीडितहरूसँग मनाउँदै छिन् । एजेन्सी















प्रतिक्रिया