
काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको हो। उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो।
त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको होे । प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन्।











प्रतिक्रिया