१० मंसिर २०८३, बिहिबार

प्राधिकरण कार्यकारी निर्देशक घिसिङ र १३८ वितरण प्रमुखबीच कार्यसम्पादन सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग एक सय ३८ वितरण कार्यालय प्रमुखले शनिबार कार्यसम्पादन सम्झौता गरेका छन् ।

आर्थिक वर्ष २०७६–७७ का लागि प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् ।

प्राधिकरण व्यवस्थापनसँग शनिबार प्रदेश नं ५ को प्रादेशिक कार्यालय बुटवलका प्रमुख र मातहतका वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेका थिए । यो सम्झौतासँगै एक सय ३८ कार्यालय प्रमुखसँगको सम्पादन सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

यसले नेपाल सरकराले लिएको बाटोलाई निरन्तरता दिएको छ । घिसिङले पनि सरकारसँग कार्यसम्पादन सम्झौता गरेका थिए । सोहीअनुसार नतिजामुखि बनाउनका निम्ति माथाहतका कार्यालय प्रमुखसँग सम्झौता गरिएको घिसिङले जनाएका छन् ।

संस्थाको नेतृत्वको विश्वासले मात्र परिवर्तन सम्भव हुने भएकाले क्षमतावान् कार्यालय प्रमुखले अनुशासन र नैतिक आचरणका हिसाबमा राम्रो काम गर्ने विश्वास घिसिङले राखेका छन् ।

प्राधिकरणले०७६–७७ मा वितरणतर्फको विद्युत चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५–७६ मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको थियो ।

तीन वर्ष भित्रमा मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न व्यापक रुपमा अभियान नै चलाइएको छ । प्राधिकरणको यो अभियान घिसिङको नेतृत्वमा चलिरहेको हो ।