१० मंसिर २०८३, बिहिबार

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगायो(नामावलीसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस ।  नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले१४ उम्मेदवारको नाम टुंग्याएको हो। कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए। बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ।

कांग्रेसले प्रदेश नम्बर १ बाट निरबहादुर विश्वकर्मा (दलित), मिना पुलामी मगर (महिला) र राजेन्द्र घिमिरे (अन्य)मा परेका छन् । यसैगरी,प्रदेश नम्बर २ मा नगिना यादव (महिला), भोला पन्जियार (अल्पसंख्यक/अपाङ्गता), प्रदेश नम्बर ३ मा हरिशरण श्रेष्ठ (अन्य), छलीकुमारी शर्मा उपाध्याय (महिला), प्रदेश नम्बर ४ मा सूर्यप्रसाद रेग्मी (अन्य), विमला गौचन (महिला), प्रदेश नम्बर ५ मा बालकृष्ण पाण्डे (अन्य), गिरिजा न्यौपाने (महिला), मेराज हलवाई (अल्पसंख्यक), प्रदेश नम्बर ७ मा प्रताप ठगुन्ना (अन्य), तुलसी देवकोटा (महिला), रहेका छन् । प्रदेश नम्बर ६ को भने साँझसम्म नाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।