१० मंसिर २०८३, बिहिबार

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस ।  मकवानपुर प्रहरीले गाली प्रहार गरी तीनजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर र रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंह रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे र चुरियामाई बीच जंगलमा डीएल ३ सीए क्यु नम्बरको गाडी चेकजाँचका क्रममा लागुऔषधसहित उनिहरुलाई पक्राउ गरिएको हो ।

चेकजाँच गर्ने क्रममा गाडी नरोकि भागेपछि करिब ३ किमी टाढा पुगेर २ राउण्ड गोली प्रहार गरी उनिहरुलाई पक्राउ गरिएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।