२ कार्तिक २०८३, सोमबार

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने राम चौधरी पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-chaudhariकाठमाडौं, १९ फागुन । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको अरोपमा एक व्यक्ती पक्राउ परेका छन् ।

बारा जिल्लाका ३८ वर्षिय राम एकवाल रानालाई महानगरीय प्रहरी अपराध महाशाखाले गैरकानुनी रुपमा रोजगारीका लागि विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

राम एकवालले बारा जिल्लाकै अमाव-४ का २४ वर्षीय उत्तम चौधरीलाई कामदार भिसामा पोल्याण्ड पठाइदिन्छु भन्दै ३ लाख लिएर फरार थिए ।

प्रहरीले राम एकवाललाई १ वर्षपछि राजधानीको धापासीबाट मंगलबार पक्राउ गरेको हो ।

राम एकवालले उत्तम चौधरीलाई ७ लाखमा पोल्याण्ड राम्रो काम मिलाइदिने भन्दै फकाएर ३ लाख अग्रीम लिएर फरार भएका थिए ।

पीडित परिवारले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएपछि राम एकवाललाई महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान तथा कारबाही वैदेशिक रोजगार विभागबाट हुने भएकाले थप अनुसन्धान एवम् कारबाहीका लागि अभियुक्त रामएकवाललाई लागि विभाग पठाइएको महाशाखाले जनाएको छ । राम एकवालबाट ठगिएका अन्य व्यक्तीहरुलाई सम्पर्क गर्न महाशाखाले आग्रह समेत गरेको छ ।