काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध झुठ्ठा मुद्धामा फसाउन खोजेको आरोप लगाएका छन् ।
सांसद शाहले विज्ञप्ति जारी गरेर आफू संलग्न नै नहरेको घटनामा मुछेर जबरजस्ती फसाउन खोजेको बताएका हुन् ।
कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।
सासंद शाहले भनेका छन्, ‘मविरुद्ध झुटो आरोप लगाएर राजनीतिक आडमा फसाउन खोजिएको छ ।’
आफ्ना ड्राइभर शशिकान्त कश्यप र स्थानीय युवा श्याम मिश्राबीचको झडपमा शाहले दुवैलाई छुट्याएको बताएका छन् ।
आफू गत डिसेम्बर ९ देखि घरमै आराम गरेर बसेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मुद्दा दर्ता भए त्यसको प्रतिवाद गर्न जिल्ला अदालतमा हाजिर हुने उनले बताएका छन् ।












प्रतिक्रिया