
काठमाडाैं, १७ पुस । काभ्रेको नमोबुद्व ८ मा एक दम्पतीको विभत्स हत्या गर्ने दुई अभियुक्तलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ ।
नमोबुद्वका श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमाया श्रेष्ठको गत कार्तिक २९ गते विभत्स हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले हत्यामा संलग्न उदयपुर चौदण्डीगडी नगरपालिका–१० का सुमन राई र सोही ठाउँका किरणकुमार मगरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अभियुक्तलाई जिल्ला अदालत काभ्रेमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अभियुक्तहरुले मृतकको घरमा पुरानो पैसा रहेको सूचना पाएपछि सो लुट्न जाँदा हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया