२ कार्तिक २०८३, सोमबार

तेजाब आक्रमणकारीलाई कारबाहीको माग गर्दै युवा शक्ति प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acid-attack-Kathmandu

काठमाडौँ, १९ फागुन । फागुन १० गते उपत्यकामा भएको तेजाब आक्रमणको विरोध गर्दै विवेकशील नेपाल, युथ इन ब्याक क्याप र डाइनामिक युथ संस्थाले दोषीलाई तत्काल कारबाहीको माग गर्दै आज र्‍यालीको आयोजना गर्‍यो ।

आज यहाँ ‘बालयौन दुव्र्यवहारविरुद्ध सामाजिक सचेतना र नीतिगत परिवर्तनका लागि दबाबमूलक युवा अभियान’को आयोजना गरी उक्त माग गरिएको हो ।

दोषीलाई कारबाही गर, महिला अधिकार सुनिश्चित गर, महिला हिंसामुक्त समाज निर्माण गर भन्ने नाराका साथ भएको र्‍यालीमा मेगा बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकेशरी साहले यस्तो काम गर्ने दोषीविरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “छालामा लागेको घाउ निको होला तर मुटुमा लागेको घाउ निको हुँदैन ।”

दुई वर्ष पहिले हेटौँडामा तेजाब आक्रमणमा पर्नुभएकी विन्दवासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने आक्रमणकारीलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

र्‍याली वसन्तपुरबाट सुरु भएर न्युरोड गेट, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । रासस