
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रजातान्त्रिक प्रणालीबाट गरिएको निर्णयलाई नमानी सुख नहुने बताए । सहमतिका नाममा पार्टीलाई बन्धक बनाउन नहुने बताएका उनले त्यसको विकल्प बहुमतका आधारमा निर्णय नै हुने सुनाए ।
केन्द्रीय समितिको बहुमतको निर्णयबाट पार्टीको १४ औं महाधिवेशन, विभिन्न विभागको थप र तरुण दलको ६ महिनाको अवधि थप भएको थियो । जसको बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले विरोध गरिरहेका छन् ।











प्रतिक्रिया