मुम्बइ । बलिउडमा अनन्या पाण्डेलेकाे धेरै चर्चा भएकाे छ । यो बर्ष बलिउडमा प्रवेश गर्ने नयाँ अनुहारमा सबैभन्दा भाग्यमानी नायिकामा अनन्या पाण्डे पर्छिन् ।
अनन्या चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरिन् । यो चलचित्र बक्स अफिसमा सफल भयो । उनी, अभिनित दोश्रो चलचित्र ‘पति पत्नी और ओ’ पनि बक्स अफिसमा हिट भयो । उनको हातमा अहिले चलचित्रको अभाव छैन । उनी, अहिले चलचित्र ‘खाली पिली’मा काम गरिरहेकी छिन् ।
चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाटै नायिका तारा सुतारिया पनि बलिउडमा प्रवेश गरिन् । २४ बर्षकी ताराको चर्चा पनि बलिउडमा राम्रै छ । उनले चलचित्र ‘मरजावा’मा पनि काम गरिन् ।
मोहनिश बहलकी छोरी प्रनुतन बहललाई नायक सलमान खानले चलचित्र ‘नोटबुक’बाट डेब्यू गराएका थिए । यो चलचित्रले बक्स अफिसमा कुनै चमत्कार गरेन । तर, पनि प्रनुतनको चर्चा भने भयो । उनी अहिले चलचित्र ‘हेल्मेट’मा काम गरिरहेकी छिन् ।
सइले चलचित्र ‘दबंग ३’मा काम गरिन् । यो चलचित्रमा सइ सलमानकी प्रेमिकाको भूमिकामा देखिएकी थिइन् । यो चलचित्र बक्स अफिसमा सफल हुन सकेन ।
यी बाहेक बलिउडमा यो बर्ष जहिर इकबाल, सिद्धार्थ चुतर्वेदी, करण देवल, करण कपाडिया, मीजान जाफरी, शर्मिन सहगल लगायतका कलाकारले डेब्यू गरे । तर, यो बर्ष सर्वाधिक चर्चा अनन्याको भयो । अरु, कलाकारको भविष्य सन् २०२० मा आउने चलचित्र पनि निर्धारण गर्नेछ ।















प्रतिक्रिया