
काठमाडाैं, १५ पुस । सोह्रखुट्टेको ओरालोमा ब्रेक फेल भएको पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो ।
बा ३ ख ९४५० नम्बरकोे ट्याङकरको ब्रैक फेल हुँदा अन्य गाडीलाई ठक्कर दिँदै घरमा गएर ठोक्किएको हो ।
घटनाबाट एकजना मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
ट्याङकर चालक भने फरार भएका छन् । उनको खोजी भैरहेको छ ।











प्रतिक्रिया