१० मंसिर २०८३, बिहिबार

मलद्वारमा राखिएकोे सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । मलद्वारमा आधा किलो सुन लुकाएर दुबईबाट काठमाडौं ओर्लिएका भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ ।

महाराष्ट्र थानेका सुनिल हरिराम मंगलबार बिहान साढे ८ बजे फ्लाई दुबईबाट काठमाडौं ओर्लिएका थिए । एक्से गर्ने क्रममा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ । दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्रामका डल्ला मलद्वारमा लुकाएर ल्याएका थिए ।