१० मंसिर २०८३, बिहिबार

पक्राउ परेका चिनियाँलाई लिन चार्टर विमान आउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस ।  नेपालमा बसेर साइबर अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई लिनको लागि चीनबाट चार्टर विमान आउने भएको छ ।

केहि दिनअघि काठमाण्डौँका विभिन्न स्थानबाट साइबार अपराधमा संलग्न रहेको विशेष सूचनाका आधारमा नेपाल प्रहरीले १ सय २२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । पक्राउ परेकालाई लैजानका लागि चिनियाँ विशेष विमान आउने बताइएको छ । अहिले पक्राउ परेका चिनियाँमाथि अनुसन्धान जारी रहेको छ ।

उनिहरुबाट बरामद गरिएका विभिन्न विद्युतिय सामग्रीहरुको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँलाई डिपोर्ट गनेै पक्रिया पनि थालिएको प्रहरीले जनाएको छ । पुस ७ गते पक्राउ परेका सबै चिनियाँविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

पछिल्लो अनुसन्धानअनुसार चिनियाँको अध्यागमन कानुन उल्लंघनबाहेक कुनै पनि अपराध भेटिएको छैन ।

काठमाडौंबाट पक्राउ परेका चिनियाँलाई सुरुमा ५ दिनको म्याद थप गरिएकोमा आइतबार दोस्रो पटक प्रशासनले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।