१० मंसिर २०८३, बिहिबार

मन्त्रीले बोलाएको गुठी विधेयकको छलफलमा गएनन् कांग्रेसका नेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । लामो समयदेखि विवादमा रहेको गुठी विधेयकसम्बन्धी छलफल गर्न भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बोलाएका छलफलमा कांग्रेस नेता अनुपस्थित भएका छन् । मन्त्री आर्यालले विधेयककाबारेमा छलफका लागि काठमाण्डौँका जनप्रतिनिधिलाई बोलाएकी थिइन् ।

सरकारले बोलाएको गुठी विधेयकसम्बन्धी छलफलमा कांग्रेस नेता अनुपस्थित भएका छन्। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधयेकसम्बन्धी छलफल गर्न काठमाडौंका जनप्रतिनिधिलाई बोलाएकी थिइन्। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि प्रकाशमान सिंह, गगन थापा, राजन केसीलगायत बैठकमा नगएका हुन्।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिले उपत्यका र उपत्यकाबाहिरका गुठीलाई फरक–फरक रूपमा हेर्नुपर्ने सुझाव दिएका छन्। नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्नुपर्ने उनीहरूले बताए। परम्परादेखि संस्कारका रूपमा विकास हँदै आएको गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा उनीहरूले सुनाए। उनीहरूले गुठी संस्थान बदमासी गर्ने थलो भएका हुँदा खारेजीको विकल्प नरहेको धारणा व्यक्त गरे। उनीहरूले निजी गुठी सार्वजनिक गर्ने कुराको विरोध गरे।

उनीहरूले सांस्कृतिक प्राधिकरण गठनको प्रस्ताव गरेका छन्। यसको नेतृत्व गुठियारले गर्न पाउनुपर्ने उनीहरूले बताए। प्रदेश सांसद राजेश शाक्यले संस्कृति, सम्पदाको संरक्षण हुने विधेयक ल्याउन सुझाव दिए।