मुम्बई । बलिउड नायिका नोरा फतेही फेरि चर्चामा आएकी छिन् । उनी जबजब डान्स फ्लोरमा आउँछिन् उनको डान्सको चर्चा हुन्छ ।
अहिले उनी रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण चर्चामा छिन् । फिल्ममा उनी महत्त्वपूर्ण भूमिकामा छिन् । उनले आफ्नो डान्स कौशल देखाउने राम्रो अवसर पाएकी छिन् ।
नृत्यको साथमा उनी अभिनय पनि गर्दै छिन् । नोरा स्ट्रिट डान्सरलाई लिएर निकै उत्साहित छिन् । हालै फिल्मको नयाँ गीत रिलिज भएको छ ।
यो गीतमा उनी अभिनेता बरुण धवनसँग कम्मर मर्काउँदै देखिएकी छन् । उनी आफ्नो डान्सिङ स्टेप्समा सधैं नयाँ प्रयोग गर्छिन् । त्यसैले दर्शक उनको नृत्य हेर्न लालायित हुन्छन् ।
अहिले स्ट्रिट डान्सरको नयाँ गीत ‘हाय गर्मी’ ले धूम मच्चाइरहेको छ । नोराका गीत लगातार हिट नम्बरमा रहेका छन् । दिलबर दिलबर पछिपछि निर्माताहरू नोरालाई आफ्नो फिल्ममा नचाउन तँछाडमँछाड गर्न थालेका हुन् ।
साकी साकी र कमरियाजस्ता गीतमा नाचेर नोराले अलग परिचय बनाएकी छन्। यही कारण स्ट्रिट डान्सरको पूरै कथा डान्समाथि केन्द्रित छ ।















प्रतिक्रिया