काठमाडौँ, १९ फागुन । कर्णाली नदीमा पानीको बहाव मंगलबार दिउँसोदेखि बढ्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कुँवरका अनुसार आज दिउँसोदेखि कर्णालीमा पानीको बहाव बढ्न थालेको हो । “हिजो राती बाक्लो हिमपातका कारण नदी थुनिएको रहेछ, अहिले पानीको बहाव बढेको खबर आएको छ,” उहाँले टेलिफोनमा भन्नुभयो ।
हुम्ला सदरमुकाम सिमीकोटदेखि एक दिन टाढाको दुरीमा रहेको धारापरी प्रहरी चौकीका सुरक्षाकर्मीले कर्णालीमा पानीको बहाव बढिरहेको खबर दिएको हो । पानी थुनिएको ठाउँ धारापरी चौकीदेखि डेढ दिनको पैदल दुरीमा पर्ने बताइन्छ ।
सहायक प्रजिअ कुँवरले भन्नुभयो – “हिउँले नदी थुनिएको हो, विस्तारै हिउँ पग्लिन थालेपछि बहाव बढेको हो ।” लगातारको वर्षा र बाक्लो हिमपातका कारण गएरातिदेखि कर्णाली नदी थुनिएको हो । नदी थुनिएपछि कर्णालीमा पानीको बहाव घटेको थियो ।
नदीमा पानीको बहाव घटेका कारण नदी किनारामा बसोबास गर्ने जनता त्रसित बनेका छन् । सदरमुकाममा विद्युत् आपूर्ति पनि अबरुद्ध छ ।
















प्रतिक्रिया