५ कार्तिक २०८३, बिहिबार

बुढीगण्डकी आयोजना : जग्गा एउटाको, मुआब्जा अर्कैलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १५ पुस । जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा दिँदा एक व्यक्तिको जग्गाको मुआब्जा अर्कै व्यक्तिलाई दिएको पाइएको छ। साविकको सल्यानटार गाउँ विकास समितिका जीवन गिरिको जग्गाको मुआब्जा सोही ठाउँमा कृष्ण, शिव, गुरु र राम उप्रेतीको नाममा गएपछि विवाद उत्पन्न भएको हो ।

डुबानमा पर्ने जग्गाको सूची गोरखापत्रमा निकाल्दा जीवनको गिरिको जग्गाको कित्ता नम्बर ३ (क) १४२ नम्बर उल्लेख गरिएको थिएन । गिरिले डुबानमा पर्ने आफ्नो अन्य जग्गाको मुआब्जा बुझिसक्दा कित्ता नम्बर १ सय ४२ नम्बरको जग्गाको मुआब्जा छुटेपछि खोजबिन गर्दै जाँदा मुआब्जा रकम नै उप्रेती परिवारको नाममा गएको भेटिएको जिवनका छोरा भोज गिरिले बताए ।

जीवन गिरिको कित्ता नम्बर १४२ मा १ रोपनी १४ आना जग्गा रहेको छ । तर उप्रेती परिवारले आफ्नो बाबुको जग्गाबाट अंशवण्डा गरी जग्गा कित्ताकाट गरेर लिने बेलामा मालपोत कार्यलय धादिङको लापरवाहीको कारण ३४२ नम्बरको जग्गा कित्ताकाट गर्नुपर्नेमा जीवन गिरिकै १ सय ४२ नम्बर कित्ताको जग्गा कित्ताकाट गरिदिएपछि गिरिको जग्गा उप्रेती दाजुभाइको नाममा पुगेको हो ।

मालपोतको रेकर्डमा हेर्दा १ सय ४२ नम्बरको जग्गा जीवन गिरिकै नाममा देखिएको छ भने त्यही जग्गालाई कित्ताकाट गरेर ६२२, ६२३, ६२४ र ६२५ नम्बर कित्तामा गएको देखिएको छ ।

पछि बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने भएपछि आयोजनालाई सोही लालपूर्जा उप्रेती परिवारले बुझाएको र उनीहरुकै नाममा जग्गा देखिएपछि बुढीगण्डकी आयोजनाले पनि मुआब्जा उप्रेती दाजुभाइकै नाममा हालिदिएको हो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।