४ कार्तिक २०८३, बुधबार

डिजाइनर रनवेका लागि वीस हट मोडलहरू छनौट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । काठमाडौंको दरबारमार्गस्थित म्याग्नम् लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् ।

अडिसनबाट छानिएका मोडल आगामी चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्‍याम्पमा प्रस्तुत हुनेछन् । ‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो ।

आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पूर्वमिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो ।

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले उनीहरूलाई र्‍याम्पमा उतार्नेछन् ।

२३ मोडलको सहभागिता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर र्‍याम्पमा प्रस्तुत गर्नेछन् ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।