४ कार्तिक २०८३, बुधबार

अधिकारीकाे संगीत, दुलालकाे स्वरमा ‘मदिरा’ रिलिज

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ठाकुरप्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एमएसम्मको अध्ययन गरेका ठाकुरप्रताप दुलालले आफ्नो स्कुले जीवनदेखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए ।

एसएलसी सकिएपछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकातास्थित रविन्द्र भारती विश्व विद्यालय बाट सन् २००७ मा संगीत विषयको एमए पूर्ण गरे ।

प्रारम्भिक अवस्थामा आफ्ना संगीतका माध्यमबाट स्रोता दर्शकमा चिनिन थाले । गीतकारहरूसँगको निकटता भएका कारणले थुप्रै गीतहरूमा संगीत भर्ने अवसर पाए र आफूले सिकेका कुराहरू पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरे ।

फल स्वरुप “म आए या गएँ” “ती लोभी नजरले” “लहरा बनेर सधैँ” जस्ता कालजयी गीतहरू अहिले सदाबहार रुपमा बजिरहेका छन् । राष्ट्रिय सर्जक ब्याकुल माईलाको एकल शब्दमा दुलालको एकल संगीतमा निर्माण रहेको “छालभित्रका प्रतिबिम्ब” गीत एल्बमले त्यति बेला निकै राम्रो चर्चा पाएको थियो ।

हालसालै उनले “उधारोमा उसले दिलायो मदिरा” भन्ने गीत आफ्नै गायनमा बजारमा ल्याएका छन् । केशव अधिकारीको संगीत रहेको उक्त गीतमा आमोसले संगीत संयोजन गरेका छन् । यस गीतलाई संगीतकार अधिकारीलेनै लेखेका हुन् ।

बरुण जंग लिम्बु र पुजन घिमिरे अभिनित यस गीतको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् । मदिरा पिउने सम्बन्धमा रहेको यस गीत ले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा पाउने आस गरिएको गायक बताउँछन् ।

गायक दुलालको केही समयअघि बजारमा आएको सान्नानी बोलको गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएको थियो ।