न्युयोर्क । गायक जस्टिन बिबरले आफ्नो टूरको मिति घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा ट्रेन्डिङ भएका छन् ।
उनले सार्वजिक गरेको नयाँ म्युजिक भिडियोको ट्रिजरमा नयाँ एल्बम र सन् २०२० मा हुने डकु–सिरिज्स समावेश भएका छन्। अर्को साता उनले नयाँ गीत ‘यम्मी’ सार्वजनिक गर्दैछन्।
आगामी वर्ष उनले आफ्नो सांगीतिक टूरको घोषणा गरेका छन्। सन् २०१५ को ‘पर्पस’ पछि उनले आगामी वर्ष नयाँ सोलो एल्बम सार्वजनिक गर्दैछन्। सन् २०१७ देखि उनले सांगीतिक टूर गरेका छैनन्।
यसअघि सन् २०१६ मा ‘पर्पस वल्र्ड टूर’, सन् २०१२ मा ‘बिलिभ्स टूर’, सन् २०१० मा ‘माइ वल्र्ड टूर’ र २००९ मा ‘अर्बान टूर’ गरेका थिए। उनी विभिन्न गतिविधि र अफेयरका कारण चर्चामा रहेका थिए ।
उनका ‘बेबी, बेबी’, ‘आम द वान’, ‘लभ योरसेल्फ’, ‘सरी’ र ‘ह्वाट डु यु मिन’ जस्ता गीत चर्चामा छन्। उनका अधिकांश गीतहरु टप चार्टको सूचीमा पर्ने गरेका छन्। नयाँ एल्बमबारे उनले भनेका छन्, ‘ मैले सबैभन्दा धेरै मन पराएको संगीत बाहिर आउँदैछ। यसअघिका एल्बमहरूभन्दा यो फरक छ। कारण, यसले मेरो हालको अवस्थालाई समावेश गरेको छ ।’















प्रतिक्रिया