
काठमाडाैं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि तत्वहरु देशलाई अस्थिर बनाउने खेलका लागेको आरोप लगाउनुभएको छ । प्रेेस संगठनले आज गरेको ‘सञ्चारकर्मीसाग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिएको विषयको पनि बचाउन गर्नु भएको छ । ओलीले देशको फाइदाका लागि नै गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई दिएको बताउदै केहि अस्थिरता चाहाने तत्वले यो विषयलाई नकारात्क रुपमा प्रचार गरेको आरोप लागउनुभयो । प्रधानमन्त्री ओलीले अन्तरवस्तु नबुझी भ्रम फैलाउने प्रयास भइरहेकोसमेत आरोप लगाए।
‘साधन स्रोत भएकाले अहिले अन्तरवस्तु नबुझी भ्रम फैलाउने निकै कोसिस गरिरहेका छ्न’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकलाई पछाडि पार्ने असाधारण कोसिस भैरहेको छ।’
प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई लिजमा दिने निर्णयको बचाउ गर्दै यस्तो बताएका हुन्। उनले विगतमा हचुवामा दिएको जमिन अहिले मापदण्ड बनाएर दिइएको दाबीसमेत गरे ।











प्रतिक्रिया