१० मंसिर २०८३, बिहिबार

आशा भोस्लेको गीतबाट राष्ट्रपति भण्डारी ‘मन्त्रमुक्त’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ पुस ।  भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छन् ।

भोस्लेले शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेटघाट गरेकी हुन् ।

शनिबार हुने एक सांगीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी हुन् ।

साधना कला केन्ऽको आयोजनामा हुन लागिरहेको बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन् ।

राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीत–संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

‘उहााका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ’–मोक्तानले भने–‘भोस्लेसाग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुसी हुनुभयो ।’

भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उनले जानकारी दिए ।

‘भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराउनुभयो’–मोक्तानले भने–‘विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।’

शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनेछिन् । उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन् ।

केन्ऽको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका छन् ।

शनिबार हुन लागिरहेको कार्यक्रमले नेपालको सांगीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताए । रासस