१० मंसिर २०८३, बिहिबार

अकुपाई टुँडिखेल अभियानमा प्रहरीको हरुतक्षेप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ पुस ।  अनाधिकृत रुपमा टुाडिखेल कब्जा गरिएको भन्दै टुँडिखेल जोगाउन भन्दै शुरु गरिएको अकुपाई टुँडिखेल अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ ।

हप्ताको हरेक शनिबार गर्दै आएको अकुपाई टुँडिखेल अभियानमा यो साता प्रहरीले हस्तक्षेप गरेको हो । आज अभियानकर्ताहरुले टुाडिखेललाई सिँगार्ने कार्यक्रममा प्रहरी हस्तक्षेप भएको हो ।

माथिको आदेश भन्दै प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी दिएको अभियन्ताले बताएका छन् ।

कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहि विवादसमेत भएको छ । मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अभियन्ताहरु मेयर शाक्य प्रति रुष्ट देखिएका छन् ।