
काठमाडौं, ११ पुस । काठमाण्डौँ तारकेश्वर नगरपालिका जितपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
फोहोर ढुवानी गर्ने ना २ क ३३८ नम्बरको टिपर दुर्घटना हुँदा चालक माइला तामाङ र सहचालक कमल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
नुवाकोटको सिसडोलमा फोहोर लिएर हिँडेको टिपर सडकबाट करिब ७० मिटर तल बारीमा पल्टेको छ ।
अत्यधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।











प्रतिक्रिया